पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले शंखरापुर नगरपलिका वडा नं ९ को खुलालटारमा अवस्थित मस्कुलर डिस्ट्रोफी फाउन्डेसनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
सोमाबार एक कार्यक्रमा बीच उक्त भवनको पूर्व प्रधानमन्त्री नेपाल र जापानी राजदुतावसका प्रतिनिधि थामुरा ताकाहिरोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । करिव २ करोड लगानीमा ६ रोपनी जग्गामा बनेको उक्त नवनिर्मित भवनबाट मस्कुलर डिस्ट्रोफीका बिरामीलाई निशुल्क फिजियोथेरापी तथा परामर्श सेवा प्रदान गरिने सो सस्थाका संचालक समाजसेवी अनिल कुमार उपाध्यायले बताए ।
मस्कुलर डिस्ट्रोफी मानव शरिरमा रहेका जिनबाट मांशपेसिमा बिकृत रुप ल्याउने एक बंशाणुगत प्राणघातक रोग हो । यो रोग लागेपछी मानव शरिरका विभिन्न अंगहरुले क्रमश काम गर्न छोडछन र मानिस पूर्ण रुपमा अशक्त हुन्छ।
सो भवन निर्माणका लागि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रधानमन्त्री रहँदा २०६५ सालमा भवन निर्माणका लागि ६ रोपनी जग्गा उपलब्ध गराएका थिए ।
कार्यक्रमको उद्घाटन गर्नुहुदै पूर्व प्रधानमन्त्री नेपालले मस्कुलर डिस्ट्रोफी फाउन्डेसनले समाजमा पुर्याएको योगदानको प्रशंसा गरे । साथै सो अवसरमा नेपालले संस्था संचालन गर्नका लागि १ लाख नगद समेत प्रदान गरे ।
सो अवसरमा जापानी राजदुतावासका प्रतिनिधि थाकुरा ताकाहिरोले जापान सरकारले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग आगामी दिनहरुमा अझ बढदै जाने र यसका कारण जापानी र नेपाली जनताको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास समेत लिए ।
सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राजु विष्ट तथा शंखरापुर नगरपालिकाका मेयर, उपमेयर तथा विभिन्न राजनितीक दलका कार्यकर्ताको समेत उपस्थिती थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३