नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको बताएका छन् । पछिल्लो समय एमाले–कांग्रेसबीच सत्ता सहकार्यको हल्ला चलिरहेको बेलामा महामन्त्री थापाको यस्तो भनाई आएको हो ।
उनले अहिलेको सत्ता गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका हुन् । आज (शनिवार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको स्पष्ट पारेका हुन् ।
उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको दोहोर्याए । थापा सुरुदेखि नै गठबन्धनको विरोधी हुन् । उनले सरकार छोड्न परे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने बताए ।
थापाले अहिले प्रचण्डको नेतृत्वमा बनेको समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि कांग्रेसलाई फरक नपर्ने जिकिर गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३