अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कुनै संशोधन नभइ पास हुने दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री बजेट कुनै संशोधन भइ पास हुने दाबी गरेका छन्।
उनले भने, ‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन। थोरै साधन श्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो। आजको सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो। हाम्रो सम्भावित श्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो।’
उनले अहिले आएको बजेट पुर्याउन पनि धेरै मेहनत गर्नुपर्ने भन्दै आवश्यकता अनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति नभनिदिएको भए हुन्थ्यो भन्ने आशय प्रकट गरे।
‘बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन्। आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन। पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ। विधिभित्र रहेर काम गर्नेछौँ,’ उनले भने।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७