अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका आरोपमा नापी कार्यालय मनमैजुका दुई कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले नापी कार्यालय मनमैंजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्की विरुद्ध घुुस÷रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी परेको थियो ।
सोही निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी कार्कीलाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । आयोगले उनीहरु विरुद्ध सोही रकम बराबरको विगो र जरिवानाको मागदावी सहित मुद्दा दायर गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३