सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सुन प्रकरणमा छानबिन गरीरहेको दाबी गरेकी छिन्।
बिहीबार सिंहदबारमा बोल्दै मन्त्री शर्माले एक क्विन्टल सुन प्रकरणमा सरकारले छानबिन गरिरहेको र अर्को समिति बनाउँदा अनुसन्धान डाइभर्ट हुने दाबी गरेकी हुन्।
उनले भनिन्, ‘सरकारले नै छानबिन गरिरहेको अवस्थामा छ। राजस्व अनुसन्धानजस्तो सरकारको शक्तिशाली विभागले अनुसन्धान अगाडि बढाइरहेको बेलामा फेरि अर्को अनुसन्धान समिति बनाउने कुराले यसलाई डाइभर्ट गरेर अनुसन्धान प्रभावकारी नहुन सक्छ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३