भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल बर्षापछि अबरुद्ध बनेको भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। सोमबार सुदुरपश्चिमको जनप्रतिनिधिहरुको टोलीलाई भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
सुदुरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग केही दिनदेखि अबरुद्ध छ । सडक अबरुद्ध बनेलगतै मन्त्री ज्वालाले सडक विभाग र मातहतका निकायलाई तत्काल सडक सुचारु गर्न निर्देशन दिएका थिए । तर लगातारको बर्षाले सडक पूर्णरुपमा सञ्चालन गर्न सकिएको छैन ।
सडक डिभिजन कार्यालय सडकको अबरोध हटाउन दैनिक राजमार्गमा खट्टिएको छ । मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेको जनप्रतिनिधिको टोलीले भीमदत्त राजमार्गको बैकल्पिक मार्ग देवी–जोगबुढा सडक सञ्चालनमा ल्याउन माग गरेको थियो ।
मन्त्री ज्वालाले बैकल्पिक राजमार्ग सञ्चालनको अबस्था बुझेर अगाडी बढ्ने बताएका छन् । प्रतिनिधि मण्डलले ८ बर्षदेखि अलपत्र परेको कञ्चनपुरको कृष्णपुर–१ ओदालखोला पुल निर्माण कार्य छिटो सक्न माग गरेको थियो । ८ बर्षअघि टेण्डर भएको तर ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै जनप्रतिनिधिको टोलीले तत्काल पुलको बिषयमा टुंगो लगाउन माग गरेको थियो । जवाफमा मन्त्री ज्वालाले पुल महाशाखासँग सल्लाह गरी निर्माण कम्पनीले निर्माण कार्य तत्काल नथाले कारवाही गर्ने चेतावनी दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३