प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफूले निर्देशन लिए अनुसार नेपाल आयल निगमले मूल्य वृद्धिको निर्णय फिर्ता लिएको सदनलाई जानकारी गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले चाडबाड र उपभोक्ताको हितलाई ध्यानमा राखी तत्काल मुल्य फिर्ता लिन आफूले निर्देशन गरे बमोजिम पुरानै मूल्य कायम गरेका जानकारी गराएका हुन् ।
उनले भने,‘ हिजो देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धि आसन्न चाडबाड र उपभोक्ताको हितलाई पनि ध्यान राखी तत्काल फिर्ता लिन मैले निर्देशन गरे बमोजिम नेपाल आयल निगमले सो मूल्य वृद्धिको निर्णय फिर्ता लिई पुरानै मूल्य कायम गरेको छ ।’
उनले बाहिर भ्रमणबाट प्रधानमन्त्री आउँदै गर्दा मूल्य वृद्धि भयो भन्ने कुरा उठेको भन्दै उक्त विषय आफ्नो जानकारीमा नभएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३