उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वदेश फर्किएका छन् । चीनमा हृदयाघात भएपछि अस्पताल भर्ना भएका मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात
डिस्चार्ज भएर घर फर्किएका हुन् ।
चीनको बेइजिङबाट छेन्दु हुँदै उनी आज बिहान ११ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । त्यसअघि उनी कात्तिक ३ गते स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएर अस्पताल भर्ना भएपछि उनी ढिला गरी स्वदेश फर्किएका हुन् ।
बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । लगत्तै उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो । एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई स्टेन्ट राखेर खुलाइएको थियो ।
उ
पप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न अस्पतालका प्रोफेसर झाङ्ग सुयाङ्ग लगायत अस्पताल परिवार, बेइजिङस्थित नेपाली राजदूतावास परिवार तथा स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३