अहिले नेपाली विद्यार्थीहरु बिदेश पढ्न जाने सङ्ख्या अत्याधिक मात्रामा बढेको छ । उनिहरुको लागि पढ्न जान अष्ट्रेलिया एक मनपर्दो गन्तव्य हो । तर महँगो पढाई र जीवनशैलिले गर्दा विद्यार्थीहरुले समस्या भोगेको कुरा त सधै जस्तो सुन्न पाइन्छ । अझ अष्ट्रेलिया त पढ्नको लागि भन्दा नेपाली विद्यार्थीहरुको कमाइ गर्ने मात्र थलो बनेको छ । यस्तो अवस्थामा एक युवाले अष्ट्रेलियाका दुई सर्वश्रेष्ठ विश्वविद्यालयहरुबाट २३ वर्षको उमेरमा लगभग दुइ करोड पचास लाख बराबरको पूर्ण छात्रवृत्तिमा विद्यावारिधी (पीएचडी) गर्ने प्रस्ताव पाएका छन् । उनले विश्वविद्यालयबाट बार्षिक रुपमा स्टाइपेन्ड (तलबभत्ता) पनि पाउने छन् ।
रुपाकोट, गुल्मी स्थायी ठेगाना भई हाल अष्ट्रेलियाको न्यू साउथ वेल्स बस्दै आएका आशिष भण्डारीले आफ्नो स्नातक लगतै युनिभर्सिटी अफ न्यू साउथ वेल्स (UNSW) र रोयल मेलबोर्न ईन्स्टिच्युट अफ टेक्नोलोजी (RMIT) युनिभर्सिटीबाट पीएचडी गर्न अवसर पाएका हुन् । उनले सेन्ट जेभियर्स कलेज माइतिघरबाट १२ मा साईन्स पढेर हालै दिल्ली प्रौद्योगिकी विश्वविद्यालयबाट उत्कृष्ट नतिजा सहित कम्प्युटर ईन्जिनियरिङमा स्नातक तह उत्तिर्ण गरेका हुन् । भण्डारी दुइ बर्षदेखी स्नातह अध्ययन संगसंगै अष्ट्रेलियाकै युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ग्रान्ट प्राप्त गरेर आर्टिफिसियल इन्टेलिजेन्समा रिसर्च गरिरहेका थिए ।
भण्डारी स्वास्थ्य छेत्रमा एआइको प्रयोग गर्न निकै इच्चुक छन् । यसैकारण उनि भिक्टोरिया राज्यको रोयल मेलबोर्न ईन्स्टिच्युट अफ टेक्नोलोजी (RMIT) युनिभर्सिटीबाट एआइको प्रयोग गरेर निर्मुलहुन गाह्रो हुने रोगहरुको औषधी बनाउन काम गर्ने छन् । प्रत्येक मानिसको आनुवंशिक (genetic) कोड फरक हुन्छ, फरक स्वास्थ्य प्रोफाइल हुन्छ जसमा एउटै सामान्य औषधिले राम्रोसँग काम गर्दैन। उनले नयाँ कम्प्युटर प्रविधिबाट कठिन चिकित्सा अवस्थाहरूको लागि सटीक औषधि बिकास गर्नमा काम गर्नेछन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३