Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ ५, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

४ घण्टा अघि
२

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

३ दिन अघि
३

सुनचाँदीको मूल्य घट्यो

३ दिन अघि
४

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

५ दिन अघि
५

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
६

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
७

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
८

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
९

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
१०

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
११

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

४ हफ्ता अघि
१२

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

४ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
७

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

४ घण्टा अघि
८

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
९

सुनचाँदीको मूल्य घट्यो

३ दिन अघि
१०

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

५ दिन अघि
११

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

३ दिन अघि

विचार : कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ बैशाख १२, बुधबार (१ साल अघि)

  • ४११ पटक पढिएको
  • डा. कृष्णप्रसाद पौडेल

    सन् १९९० दशकका महान समाजशास्त्री जिग्मेन्ट बौउमेनको सिद्धान्त अनुरूप अवधारणाहरूपनि तरल रूपमा एक ठाउँबाट अर्काे ठाउँमा सरिरहन्छ । यस्तो अवधारणा ज्ञान, विचार, मूल्य र मान्यताको आधारमा तय हुने गर्दछ । नेपाली कांग्रेसले यी अवधारणाहरू समयानुकुल तय गर्न सकेन भने आजको पुस्ता त्यस्ता अवधारणा तय गर्ने पार्टीको पछाडि सहजै आकर्षित हुन्छन् । त्यस्ता अवधारणा चाहे सामाजिक संजालमार्फत आउन अथवा अन्य प्रचार–प्रसारका माध्ययबाट ।

    यस्ता अवधारणाले बिभिन्न समुहलाई प्रभाव पारिरहन्छ । यदि यो कुरालाई नेपाली कांग्रेसले समयमा नै आत्मसात गर्न सकेन भने यो उप–निर्वाचन नेपाली कांग्रेसको लागि घातक सिद्ध हुनेछ । पहिलो दलको रूपमा स्थापित नेपाली कांग्रेसलाई गणितीय हिसाबले एक सिटमा विजय प्राप्त गर्दा १९ को २० पनि हुदैन । तर वैशाख १५ गते हुने उपनिर्वाचन नेपाली कांग्रेसको लागि निकै महत्वपुर्ण छ । उपनिर्वाचनको नतिजाले एकातर्फ कांग्रेसले रणनीतिक रूपमा लिनुपर्ने आगामी मार्गचित्र र कार्यदेश तय गर्नेछ भने अर्कोतर्र्फ कांग्रेसको पक्षमा रहेको वर्तमान जनमत समेतलाई प्रस्टयाउने निश्चित प्रायः छ ।

    यसको साथै मत कसरी अवधारणाको आधारमा बग्ने रहेछ भन्ने कुरा समेत प्रष्ट हुनेछ । त्यसैले इतिहासको विभिन्न कालखण्डमा राजनीतिक नेतृत्व गरेको साथै राजनीतिक, सामाजिक र आर्थीक परिवर्तनको संवाहकको रूपमा समेत रहेको नेपाली कांग्रेसले यो उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठसंग जोडेको छ ।

    ईलाम–२ र बझाङ्ग– १ (क) मा यही २०८१ बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेतापनि अन्तराषर््िट्रय समुदाय लगायत देशभरका राजनीतिक सरोकारवालाहरुको ध्यान यतिबेला इलाम–२ मा केन्द्रीत रहेको छ । यो उपनिर्वाचन विशेषतः इलाममा पुराना र नयाँ दलहरुको शक्ति परीक्षण गर्ने रणनीतिक थलो समेत भएकाले निकै चासो र महत्वका साथ हेरिएको छ ।

    उपनिर्वाचनमा ईलाममा ८ स्वतन्त्र सहित २० जनाले उम्मेदवारी दिएका छन् । एमालेले सुवास नेम्बाङ्गका छोरा सुहाङ नेम्बाङ्गलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु माओवादी निकट पत्रकार हुन् र उनी चुनावको केही दिनअघि मात्र रास्वपाको उम्मेदवार चयन भएका थिए । पहिचान पक्षधर विभिन्न ४१ राजनीतिक शक्ति र संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बु थेगिम उम्मेदवार बनेका छन् । उनलाई जनता समाजवादी पार्टीको समेत समर्थन रहेको छ ।

    बझाङ्गमा १० जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन । बझाङ्गमा नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र नेकपा एमालेका दमनबहादुर भण्डारीबिच कडा प्रतिस्पर्धा रहेको छ । स्मरण रहोस् अभिषेक बहादुर सिंह पार्टीको कामको सिलसिलामा सडक दुर्घटनामा ज्यान गुमाएका नेपाली कांग्रेसका तात्कालिन प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहका छोरा हुन् ।

    नेपाली कांग्रेसले ईलामको लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई संजोजक तोकेको छ भने बझाङ्गको लागि केन्द्रीय सदस्य एनपी साउदलाई । केन्द्रीय सदस्य तथा जिल्ला सम्पर्क समिति समन्वय विभाग प्रमुख नानु बास्तोलाको संयोजकत्वमा उप – निर्वाचन परिचालन सचिवालय गठन भएको छ । चुनाव प्रचार–प्रसारको जिम्मेवारी केन्द्रीय सदस्य तथा सूचना, सञ्चार तथा प्रसार विभाग प्रमुख मिन विश्वकर्मालाई दिईएको छ ।

    इलाममा प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ र पहिचानवादिका डकेन्द्र सिंह लिम्बुबिच रहेको छ । इलाममा सुवास चन्द्र नेम्वाङ्गले गत निर्वाचनमा ३००२० मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रत्यासी डम्बर खडकाले २९९०६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेस उम्मेदवार डम्बर खड्का ४ मंसिर २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए ।

    बझाङ्ग ‘क’ मा नेपाली कांग्रेसका तात्कालिन उम्मेदवार स्वर्गीय पृथ्वी बहादुर सिंहले प्रत्यासी नेकपा एमालेका अफिलाल ओखेडा भन्दा ३७७६ मत बढी ल्याएर विजयी हुनु भएको थियो ।

    इलाम – २ मा गत निर्वाचनभन्दा पाँच सय ४७ थपिएर मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ रहेको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए । बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन् । गत निर्वाचनमा ६१ हजार ११० मतदाता रहेका थिए । नयाँ थपिएका युवा मतदातालाई कांग्रेसले आफुतिर आकर्षण गर्न आवश्यक छ ।

    चाहे कोभिडको महामारीको समयमा घर हिडेका इलामेलीलाई घर पु¥याउने काम होस् वा अस्पतालमा लगेर औषधि उपचार गर्ने काम अथवा स्थानीय तहको विकास निर्माण लगायत सामाजिक, आर्थीक विषयहरू हुन इलामेली जनताको लागि डम्बर खडका चिरपरिचित नाम हो । उनलाई स्थानीय जनमानसले दुखको साथिको रूपमा समेत चिन्ने गर्दछन् । बझाङ्गका अभिषेक युवाका ढुकढुकी हुनुका साथै पार्टिको कामको सिलसिलामा बाबु–आमा दुबै गुमाएका युवा नेता हुन । उनमा युवा जोश, जागर र आत्मविश्वास समेत उच्च रहेको छ ।

    उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले विभिन्न रणनीतिका साथ चुनाव लक्षित सक्रियता बढाएका छन् । उम्मेदवारहरु विभिन्न प्रकारका सामाजिक, राजनैतिक र आर्थिक मुद्धा लिएर मतदाताको घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई समेत तीव्रता दिएको पाइन्छ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तथ्यांक बमोजिम इलाममा २ मा ९७४२ क्रियाशिल सदस्य रहेका छन । यस्तै बझाङ्गमा ३९२१ रहेका छन् । हरेक क्रियाशिल सदस्यले कम्तिमा पनि आफ्नो मत बाहेक ३ मतको सुनिश्चितता गर्ने हो भने नेपाली कांग्रेस दुबै ठाउँमा अत्याधिक मतका साथ विजय हुने कुरामा कुनै दुई मत छैनन् । तर नेपाली कांग्रेसले सूचना प्रविधि र पार्टीको गतिविधिलाई प्रचार प्रसार गर्ने शैलीमा आएको जबर्जस्ती परिवर्तनलाई आत्मसात गर्न आवश्यक छ ।

    ०४८ यताका सात संसदीय निर्वाचनमा ६ वटा निर्वाचन एमालेले जितेको छ । ०५१ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले जितेका थिए । ०४८ मा एमालेका मणिकुमार लिम्बूले निर्वाचन जितेका थिए । ०५६ यता भएका पाँच संसदीय निर्वाचनमा यस क्षेत्रबाट लगातार सुवासचन्द्र नेम्वाङले जितेका थिए ।

    प्रजातन्त्र आएको ३० बर्षपुरा भैसक्दा पनि इलामेली जनताले पानि, बाटो, सिंचाई र विजुलि आजका प्रमुख आवश्यकता हुन भन्दा केन्द्रीय राजनीतिमा सधै रजगज गरेका सुवास नेम्बाङ्गले इलामेली जनताको आवाज सुन्दै नसुनेको आभाष हुन्छ । त्यहाका नागरिकले बल्ल सेवा प्रवाह र सुशासनको कुरा उठाउन थालेका छन । अतः उप–निर्वाचनमा नेपाली कांग्रेसले अधिक मात्रामा उठाउनु पर्ने बिषय उद्यमशिलता तथा रोजगारी, आर्थिक विकास, सेवा प्रवाह र सुशासन कायम गर्न गरिने रणनीतिहरू प्रमुख रहेका छन । र त्यही अनुरूप नेपाली कांग्रेसको प्रचार प्रसारको शैली समेत अपनाएको देखिन्छ यद्यपी यो येथेष्ठ रहेको छैन ।

    नेपाली कांग्रेसको गत फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको बिषय अब पर्यान्त नेपाली कांग्रेसले अन्य पार्टीको उम्मेदवारलाई भोट हाल्नु पर्ने छैन, नेपाली कांग्रेस अन्य दलहरूसंग गठबन्धन गर्दैन, नेपाली कांग्रेसले आम कार्यकर्ता र शुभचिन्तकलाई रूखमा मात्रै भोट हाल्ने अवसर प्रदान गर्दछ भन्नु भएको थियो । यो कुरालाई पुष्टि गर्दै नेपाली कांग्रेसलाई आम नागरिकको पार्टी बनाउने सुनौलो अवसर नेपाली कांग्रेसले प्राप्त गरेको छ । यो अवसरको नेपाली कांग्रेसले कत्तिको गर्न सक्यो भन्ने कुरा हेर्न नै बाकी छ ।

    अन्त्यमा, तनहुँमा कांग्रेसले भोगेको पीडालाई मल्हम लगाउने अवसर इलामको उपनिर्वाचनले नेपाली कांग्रेसलाई दिँदैछ । अर्को अर्थमा भन्नु पर्दा तनहुँको क्षतिपुर्ति गर्ने असरको रूपमा समेत नेपाली कांग्रेस र यसको नेतृत्वले आत्मासात गर्न जरूरी छ । उपनिर्वाचनतर्फ इलामको नतिजाले नेपाली कांग्रेस नयाँ उर्जा र उत्साहका साथ अगाडी बढ्ने कि नबढ्ने भन्ने कुराको निक्र्योल समेत गर्नेछ । पुस्तान्तरण र रूपान्तरणको मुद्दाबाट नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा उदाएका सम्पुर्ण नेताहरूको लागि यो समय अग्नि परिक्षा हो भन्दा समेत अन्यथा नहोला । त्यसैले, नेपाली कांग्रेसको युवा नेतृत्वले यो उपनिर्वाचनलाई अग्निपरिक्षाको रूपमा समेत लिएको छ । यसकारण यो उपनिर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको विषय पनि हो ।

    (डा. पौडेल नेपाली कांग्रेसका युवा नेता तथा ज्ञान व्यवस्थापन विज्ञ हुन् ।)

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    हरप्रहर

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

  • नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू
    हरप्रहर

    नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू

  • कालापत्थर आरोहण र पग्लिरहेका हिमाल
    हरप्रहर

    कालापत्थर आरोहण र पग्लिरहेका हिमाल

  • जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता
    हरप्रहर

    जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता

  • ताजा खबर
  • १

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक
    ४ घण्टा अघि

  • २

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    ३ दिन अघि

  • ३

    सुनचाँदीको मूल्य घट्यो
    ३ दिन अघि

  • ४

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    ५ दिन अघि

  • ५

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution