संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दैछ । तर सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठनका विषयमा सहमति नभए अवरुद्ध पार्ने जनाएको छ ।
आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । बैठकअघिसम्म संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नभए कांग्रेसले अवरोध कायम राख्ने नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले जानकारी दिइन् ।
बजेट अधिवेशनको सुरुवातदेखि नै कांग्रेसको अवरोधका कारण संसद्मा पेश भएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम समेत पास भएको छैन भने प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार कांग्रेस सांसदहरुको नाराबाजीकाबीच विश्वासको मत लिएका थिए ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठमा सदनम प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम टेबुल गर्ने कार्यसूची रहेको छ भने राष्ट्रपति कार्यालयबाट प्राप्त अन्य चिठीपत्रहरु पढेर सुनेर कार्यक्रम रहेको छ ।
कांग्रेस सचेतक थिङका अनुसार अहिले बिहान पनि दलहरूबीच संसदीय समिति गठनका विषयमा छलफल चलिरहेको छ । कार्यदलले समिति गठनका विषयमा सहमति जुटाएको अवस्थामा बाहेक संसद्मा कांग्रेसको अवरोध कायम रहने उनले बताइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३