सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन र कार्यादेशका विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ ।
शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।
बैठकमा कार्यदलका सदस्यसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।
कार्यदलका सदस्यले शनिबारको बैठकमा छलफल सकारात्मक भए पनि टुंगोमा पु¥याउने बाँकी काम आइतबार बस्ने शीर्ष नेताबीचको बैठकले टुंगो लगाउने जनाएका थिए ।
आज सरकारले जेठ १ गते संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि छलफल सकेर दुवै सदनबाट पारित गरेर अघि बढ्ने रणनीति बनाएको छ । जसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक पनि साढे ११ बजे का लागि डाकेको छ ।
बिहान बस्ने शीर्ष नेताबीच सहमति हुन नसके आजको संसद् बैठकमा पनि कांग्रेसले अवरोध गर्न सक्ने देखिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३