Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २९, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

पर्यटन प्रवर्द्धन गर्ने नुवाकोटको गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ भाद्र १, शनिबार (१0 महिना अघि)

  • ४०६ पटक पढिएको
  • नुवाकोट शिवपुरी-८ स्थित गोकुलेश्वर झरना पदयात्राको आज एक कार्यक्रम विच शुभारम्भ भएकाे छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाको मुख्य आतित्थ्यमा गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ भएको हो ।

    गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिका संयोजक इन्द्रराज सेढाईँको संयोजनमा सम्पन्न भएको पदयात्रा कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, शिवपुरी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष केशब रिजाल, , शिवपुरी गाउँपालिका वडा नं. ८ का पूर्व वडा अध्यक्ष पदम बहादुर थपलिया, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, काउन्सिलका शाखा अधिकृत सुवास राई, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि साथै स्थानीयहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको शुभारम्भ गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने “हामीले हामीसँग भएका प्राकृतिक सम्पदाहरुको सदुपयोग गर्न सक्यौ भने हामी आर्थिक रुपमा पनि सम्पन्न हुनसक्छौं । यहीका स्थानिय र अगार्निक सामाग्रिहरु बेच्न सक्छौं, यूवाहरुलाई स्वरोजगार बनाउँन सक्छौं । धार्मिक पर्यटकिय गन्तव्य अहिले देशव्यापी रुपमा आकर्षणको केन्द्र बन्दै गएको बेलामा काठमाडौंबाट नजिकै रहेको गोकुलेश्वर महादेव, गोकुलधुप झरना पनि यूवाहरुको रोजाईमा पर्ने र आकर्षणको केन्द्र बन्ने पक्का छ ।” अध्यक्ष बस्नेतले विकासको क्रमले गति लिदै जाँदा सकारात्मक परिणामहरु देखा पर्ने भन्दै हामी आफैले आफ्नो ठाउँको र सम्पदाको रक्षा गर्न सक्नु पर्ने बताए । उनले देशको राजस्व संकलनमा समेत मद्धत पुर्याउनले धार्मिक पर्यटकिय स्थलहरु सरकारको समेत योजनामा पर्ने भएकाले सबै किसिमका सरकारी निकायहरुले समेत यस्ता स्वदेशी र स्थानीय पर्यटकिय गन्तव्यको विकासका सघाउँने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाले स्थानीयको अग्रसरतामा स्थानिय सरकार सधैँ साथ रहेको र शिवपुरीको सम्पूर्ण पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले प्रथमिकतामा राखेको समेत बताए । गोकुलेश्वर महादेव गोकुलधुप झरनाको नजिकै लौके झरना स्थापित भइसकेको, नयाँ झरना र धार्मिक पर्यटनको यस्ता क्षेत्रलाई पनि आवश्यक मापदण्ड पूरा गरेर ल्याउँदा स्थापित हुने सम्भावना रहेकाे उनकने भनाइ छ । स्थानीय अग्रजहरू लागि परेकाे काममा स्थानीय सरकारले नसघाउने भन्ने नहुने भन्दै उनले वातावरण मैत्री, सुरक्षित र सिर्जनशील रुपमा गोकुलेश्वर महादेव झरना स्थापित हुन सक्ने बताए ।

    कार्यक्रममा सयौको संख्यामा स्थानीयबासी लगायत आन्तरिक पर्यटनमा रुची राख्ने शुभ चिन्तकहरु भेला भएका थिए । दिउँसो ११ बजेदेखी दिउँसो २ बजेको समयलाई तय पारिएको पूर्व निर्धारीत सो कार्यक्रममा प्रेस काउन्सिलका अन्य उच्च अधिकारीहरु, गाउँका भद्र भलादमी तथा बृद्धिजीजी तथा अन्य सकारात्मक सोचका धनी व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो । राजधानीको रिङ्गरोड सामाशुसीबाट करिब २६ किलोमिटरको दूरीमा अवस्थित रहेकोले पनि गोकुलेश्वर झरना पर्यटकहरुका लागि सहज गन्तव्य बन्ने कार्यक्रममा बताइएको थियो ।

    झरनासम्मको यात्रा

    गोकुलधुप झरना राजधानी काठमाडौंबाट लगभग १ घण्टाको दूरीमा रहेको छ। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा पर्ने यो स्थल काठमाडौंबाट सामाखुसी, गुरुजेभञ्याङ काफलडाँडा सम्म टोखा छहरे सडक हुदै वाइक वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ। मुख्य मार्गमा झरेर झरनासम्म पुग्न करिब चार–पाँच मिनेट पैदल हिँड्नुपर्छ। हालै स्थानीय बासिन्दाहरूले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution