नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमको शनिबार बसेको सञ्चालक समितिको बैठकले आइतबार बिहान देखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।
त्यस्तै, एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।
अब काठमाडौँमा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३