नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । शुक्रबारसहित लगातार पाँच दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ५ सय रूपैयाँ बढी हो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३