Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक २५, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि

‘पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन

हरप्रहर डेस्क ललितपुर प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार (११ महिना अघि)

  • ४३७ पटक पढिएको
  • चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ । आज शनिबार देशभरका अधिकांस शोहरु आउसफूल छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा  नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

    चलचित्रले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

    एकैदिनमा सर्वाधिक कमाउने नेपाली सिनेमा समेत बन्न सफल भएको ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन, सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै शो यो चलचित्रको कब्जामा छ ।

    यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । साथै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ ।

    उनले भने, ‘हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उनले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।’

    नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ टिम चलचित्रको प्रचारका लागि नभएर मुख्य शहरहरूका विभिन्न हलमा पुगेर सिनेमालाई मन पराइदिएको र सपोर्ट गरिदिएकोमा धन्यावाद दिन मोफसलका हल–हल पुगिरहेका छन् । यो भ्रमणमा निर्माताहरुसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् ।

    यही भ्रमणका क्रममा निर्माण कम्पनी सेभेन सिस सिनेमाले ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको दिएको देखेपछि मोफसलका १९ वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट प्रदर्शनमा नआउने निर्माणपक्षले निर्णय गरेको छ ।

    हाउसफूल अकुपेन्सीमा चलचित्र प्रदर्शन भए पनि हलहरुले निर्माणपक्षलाई निकै कम ग्रसकलेक्सनको रिपोर्ट उपलब्ध गराएको भन्दै निर्माण कम्पनीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अरुण हल बिराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सी.वी हल इनरुवा, दीपक हल बरहथवा, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेष्ट हल राजगढ, धनकुटा हल धनकुा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमूर्ति हल र गिरिराज हल जनकपुरमा आज (शनिबार)देखि चलचित्र प्रदर्शन नहुने जनाएको छ ।

    सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

    चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान
    हरप्रहर

    सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान

  • राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै
    हरप्रहर

    राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली ,जुट नेपाली’ राष्ट्रिय गीत सार्वजनिक हुँदै

  • कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक
    हरप्रहर

    कृष्णभक्त र बानिकाको स्वरमा ‘माखायात ग्वंगः माः’ सार्वजनिक

  • ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख
    हरप्रहर

    ‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ हफ्ता अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    ३ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution