कास्की – आज साँझ पाँच बजेर २७ मिनेटमा कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ ।
हेम्जा केन्द्रविन्दू भएर ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो । भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयवासी लक्ष्मी पाण्डेले जानकारी दिए । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७