काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा गम्भीर छलफल भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षबीच भएको छलफल निष्कर्षमा पुगेन ।
पार्टीमा जिम्मेवारी बाँडफाँडको विषय र केही महत्वपूर्ण बुँदामा केन्द्रित छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालय बैठक १८ भदौका लागि सारिएको छ । भोलि बस्ने बैठकमा कार्यदलको प्रतिवेदनलाई निष्कर्षमा पुर्याई प्रस्तुत गर्ने तयारी भएको थियो । तर, कुरा मिल्न नसकेपछि सारिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
बालुवाटारमा दुई अध्यक्षबीच छलफलबाट निष्कर्ष निस्कन नसकेपछि कोरोना भाइरसको संक्रमण बढेको भन्दै स्थगित गरिएको जनाइएको छ । यथार्थमा दुई अध्यक्षबीच अझै कुरा मिल्न सकेको छैन ।
नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठन पनि छलफलको विषय छ । यसमा पनि दुई अध्यक्षबीच कुराकानी शुरु भएको बुझिएको छ ।
नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो । कार्यदलप्रति नै केही नेताहरुको असन्तुष्टि रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७