काठमाडौँ – शिक्षा तथा स्वास्थ्य समितिकाले कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न उपसमिति गठन गरे संगै उपसमितिको पहिलो बैठक बसेको छ ।
साम्सद जीवन राम श्रेष्ठको संयोजकत्वमा गठित उक्त ७ सदस्यीय उपसमितिको बैठकमा संयोजकसहित अञ्जना बिशन्खे, तिलबहदुर महत क्षेत्री ,सरिता न्यौपाने, नमिता चौधरी, सन्तकुमार थारु र उपसमितिका अधिकृत अमित यादवको उपस्थितिमा उपसमितिको आन्तरिक कार्यविधी, २०७७ छलफल गरि पारित भएको छ ।
कार्यविधि अनुसार उपसमितिले संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गतका देशभरिका सबै क्षेत्रहरुमा कोभिड १९ को सम्बन्धमा भैरहेका कामहरूको आवश्यक अनुगमन गरि समितीमार्फत निर्देशन दिनसक्ने छ ।
बैठकले आगामी अनुगमनका योजनाहरुका बिषयमा सामान्य छलफल गरि अनुगमनमा जानुभन्दा अगाडि विभिन्न कागजात तथा विवरणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट झिकाउने निर्णय गरेको छ ।
उपसमिति बैठकको निर्णय बमोजिम समिति सचिवालयले स्वास्थ्य मन्त्रालयसंग ३ दिन भित्र प्राप्त हुने गरि हालसम्म मन्त्रालयले कोभिड १९ को सम्बन्धमा गरेका निर्णयहरु, जारी गरेका निर्देशिका तथा मापदण्डहरु, संचालनमा रहेका आइसोलेसन सेन्टर तथा पिसिआर ल्याबका विवरण जस्ता कागजातहरुका लागि पत्राचार गरेको छ ।
माग गरेको विवरण प्राप्त भए पश्चात् उपसमितिको अर्को बैठक तत्काल बसेर आगामी अनुगमनको योजना तय गर्ने निर्णय पनि गरिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७