काठमाडौं – कोरोना भाइरसबाट आज थप १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा थप मृतकको संख्याबारे जानकारी दिएका हुन् ।
मृत्यु हुनेहरुमा ३ महिला र ९ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २ सय ७ पुगेको छ ।
यसअघि हिजोसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको थियो । झण्डै एक महिनायता संक्रमणबाट दैनिक मृतक थपिइरहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७