ललितपुर – बिहिबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा सर्वसाधरण र प्रहरीबीच झडप भएको छ ।
कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका छन् । निषेधाज्ञा कै क्रममा सयौँको संख्यामा सर्वसाधरण जम्मा भएर रथ तान्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।
गूठी संस्थान र ज्यापु समाजसँग कुनै सरसल्लाह र सहमती बिना असम्बन्धीत व्यक्तिहरु आएर रथ तान्न सुरु गरेपछि यस्तो घटना घटेको ज्यापु समाजका उपाध्यक्ष (चौथो) किरण डंगोलले बताए । यस घटनाले पाटनका नेवाः समुदायको बारेमा गलत धारणा प्रवाह हुनेमा उनले चिन्तासमेत व्यक्त गरे ।
झडपमा प्रहरीले दर्जनौँ शेल अश्रु ग्याँस प्रहार गरेको थियो भने केही व्यक्ति घाइते भएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७