ललितपुर – जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।
रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।
आज दिनभर नै प्रहरी र रातो मत्स्येन्द्रनाथको रथ तान्न आएका सर्वसाधारणबीच झडप भएको थियो। झडपको क्रममा दर्जनौ शेल अश्रु ग्याँस प्रहार भएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७