काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आजै मन्त्री पदबाट राजीनामा दिने भएका छन् । आज बस्ने मन्त्रिपरिषद् बैठक उनका लागि अन्तिम हुनेछ । बैठकमै उनले राजीनामा दिने भएका हुन्।
साँढे दुई वर्ष अर्थ मन्त्रालयका जिम्मेवारी सम्हालेपछि खतिवडा राजीनामा दिने अवस्थामा पुगेका हुन् । उनी सांसद नरहेपनि छ महिना मन्त्री पदमा रहेका थिए । त्यसैले आज राजीनामा नदिए संविधान अनुसार उनी स्वतः पदमुक्त हुनेछन् ।
यसैगरी, अर्थमन्त्रीबाट राजीनामा दिएपछि खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै टिममा राख्ने भएका छन् । उनलाई आर्थिक मामला सल्लाहकार बनाउने तयारी भएको छ । उनी ओलीले निकै रुचाएका मन्त्रीमध्येका हुन् ।
खतिवडाको कार्यकाल भने विवादमुक्न हुन सकेन । उनी शेयर कारोबारी र घरजग्गा व्यवसायीप्रति कडा बनेका थिए । उनका पालमा लोकप्रीय सामाजिक विकासका कार्यक्रम कमैमात्र आए । जुन नेकपाको आर्थिक नीतिभन्दा भिन्न थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७