काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीभित्र अर्थमन्त्रीका धेरै दाबेदारहरु देखिएका छन् । सांसद नभएकाले अर्थमन्त्री डा. युवराज खतिवडा स्वतः पदमा नरहने भएकाले अर्थमन्त्रीका दाबेदारहरु धेरैजना देखिएका हुन् ।
अर्थमन्त्रालयको जिम्मेवारी पाउन उपाध्यक्ष बामेदव गौतम, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताहरु दौडमा छन् । जसमध्ये गौतमको बढी चासो छ । उनी सांसद बनेलगत्तै उक्त मन्त्रालयको दाबी गर्ने तयारीमा छन् । तर, गौतमलाई अर्थको साटो गृह या अन्य मन्त्रालयमा लान प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
बामदेव भने अर्थ मन्त्रीमै जोडबल गर्न रणनीति बनाएर लागेका छन् । ओली भने अर्थमन्त्रालय आफैसँग राखेर डा. खतिवडालाई सल्लाहकारका रुपमा राखेर चलाउन योजनामा रहेको बुझिएको छ ।
खतिवडालाई नै अर्थ मन्त्री बनाउने उपायबारे पनि ओलीले छलफल गरेको बुझिएको छ । यसका लागि उनले कानुनी परामर्श समेत गरेका छन् । अर्थमन्त्रीमा खतिवडा रहन संविधान बाधक भएपनि उनैलाई छायाँ अर्थमन्त्री राखेर चलाएर ओलीले देखाउने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७