ललितपुर – बिहीबार ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रात तान्ने क्रममा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिकाका २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् ।
महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ ।
पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित ट्राफिक प्रहरीलाइ कुटपिट गर्ने १३ जनालाई पक्राउ गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७