काठमाडौँ – कोभिड—१९ को सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उप—समितिको बैठकमा सरकारले कोभिड—१९ को रोकथाम नियन्त्रण र उपचारको कार्यलाई थप व्यवस्थित गरि प्रभावकारी कार्यान्वयन गर्ने बारे छलफल भएको छ ।
उपसमितिका संयोजक माननीय जीवनराम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकमा छलफलका लागि स्वस्थ्य सेवा विभाग टेकुका महार्निदेशक डा.वासुदेव पाण्डे र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. रुना झा, भाइरस विशेषज्ञाहरु डा.महेश मास्के, डा.सुजन वावु मरहठ्ठा, डा. शारद वन्त, डा. अनुप सुवेदी, डा.वासुदेव उपाध्याय आर्युवेदिक तथा वैकल्पिक चिकित्सकको उपस्थिती रहेको थियो । उधोग वाणिज्य महासंघको तर्फबाट प्रतिनिधीको रुपमा उपाध्यक्ष उमेश लाल श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
बैठकमा उपसमितिका माननीय सदस्यहरु—अन्जना विशखे, एकलाल मियाँ, सरिता न्यौपाने र शान्त कुमार चौधरी, समितिका सचिव पुश्प प्रकास खनाल र कर्मचारीहरु अमित कुमार यादव, नारायन श्रेष्ठको उपस्थिती रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७