काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहको आज छुट्टै बैठक बस्दैछ ।
कांग्रेसका १२ जना युवा नेताहरुसहित वरिष्ठ नेता पौडेलले जुम मिटिङ गर्न लागेको कांग्रेस नेता डा. चन्द्र भण्डारीले जानकारी दिए । १२ जना युवा नेताहरुको तर्फबाट गुरूराज घिमिरेले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ ।
त्यस्तै, पछिल्लो समय सभापति शेरबहादुर देउवाले गरेका निर्णयविरुद्ध पनि रणनीति तयार पार्ने बुझिउको छ । विधि र प्रक्रिया बाहिर गएर सभापति देउवाबाट भएका निर्णय रोक्न र खारेज गर्न आफ्नो समूहले रणनीति बनाउने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनकाअनुसार पौडेल पक्षधरको जुम मिटिङ अन्तिम श्रृंखला हो । आजको भर्चुअल मिटिङमा बढिमा २५ जना नेताहरु सहभागी हुने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७