काठमाडौं – उद्योगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनी दश दिनमै संक्रमणमुक्त भएका हुन् ।
नेपालका एकमात्र डलर अर्बपति चौधरीले आज ट्वीट गर्दै आफू दश दिन उपचारपछि संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले आफूलई सबैको माया र प्रेरणाले ठूलो ऊर्जा दिएको र कोरोनाको संक्रमणबाट मुक्त भएको बताएका छन् ।
सांसद समेत रहेका चौधरीले भनेका छन्, ‘मैंले जीवनमा तपाईंहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७