काठमाडौं – पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ढुंगामुढा हान्ने थप एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपराध महाशाखाले ललितपुर घर भएका संजय शाक्यलाई आइतबार साँझ नख्खुबाट नियन्त्रणमा लिएको हो ।
गत बिहीबार रथ तान्ने क्रममा भएको तनावको विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टाउको काट्ने अभिव्यक्तिसमेत दिएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
शाक्यले विभिन्न युटुवहरुमा दिएको अन्तर्वार्तामा मेयर महर्जनको टाउको काट्ने अभिव्यक्ति दिएको र त्यसपछि नख्खुमा लुकेर बसेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका शाक्यलाई अपराध महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर बुझाएको छ । उनीमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी भएकइ छ ।
शाक्यसहित पुल्चोकको घटनाम पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७