काठमाडौँ – बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गर्थे ।
प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२/१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेर ल्याएको महाशाखाले जनाएको छ । अफेसट प्रेस, अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७