काठमाडौं – आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकमा व्यस्त हुने भएकोले बैठक स्थगित् गरिएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने बुझिएको थियो ।
प्राधिकरणको कार्यकारी प्रमुखमा उर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि प्रस्ताव तयार परेको स्रोतको दाबी छ । घिसिङको नियुक्ती चार वर्षको लागि हुनेछ । आज बैठक बसेको भए घिसिङको नियुक्ती आजै हुने थियो । तर, मन्त्रिपरिषद बैठक भोलिमात्रै बस्ने भनिएकोले अब घिसिङको नियुक्ती पनि भोलि नै हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७