काठमाडौं – कास्कीको पोखरास्थित नेपाल खानेपानी संस्थानमा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्ले घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वाग्लेलाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
खानेपानी उपभोग गरेबापतको शुल्क तिर्न जाँदा विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा आयोगको टोलीले पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगरस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको अधिकारीले बताए । वाग्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७