ललितपुर – बिना जानकारी आफूहरुको जग्गामा नेपाली सेनाले फास्ट्रायक निर्माणको गतिबिधि अगाडि बढाएको भन्दै खोकनाका स्थानीयले रक्षा मन्त्री इश्वर पोखरेल र ललितपुरका प्रमुख जिल्ला अधिकारीको राजिनामा माग्दै नारा लगाएका छन् ।
बिगत लामो समय देखि खोकनाका स्थानीय र प्रशासनबीच आरोप प्रत्यारोप चलिरहेको छ । काठमाडौँ तराइ जोड्ने द्रुतमार्गको जिरो किलोमिटर खोकना मै पर्दछ ।
सरकारले लाखौँ मूल्य पर्ने आफ्नो जग्गा कौडीको भाउमा अतिक्रमण गर्न खोजेको भन्दै खोकनाबासी बिगत लामो समय देखि आन्दोलित छन् ।
फास्ट ट्राय्क, १३२ केभी हाईटेन्सन लाईन, बाहिरी चक्रपथ जस्ता परियोजनाले ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको खोकना तथा बुंगमति मासिने स्थानीयको चिन्ता रहेको छ ।
उचित मुआब्जा नदिइ, सरोकारवाला निकायलाई कुनै जानकारी नदिइ, नेपाली सेनाले आफूहरुको जग्गामा निर्माण कार्य गरेको भन्दै स्थानीयले निर्माण गरेको खाल्डो पुर्ने काम गरेका छन् ।
नेपाली सेनाले तारबार गरेर घेरेर राखेको आफूहरुको अतिक्रमित जग्गामा आश्विन १७ गते तारबार भत्काएर तोरी छर्ने कार्यक्रमको तय गरेको स्थानीय नेपाल डंगोलले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७