काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले कोरोनाबाट जोगिनको लागि तीन काम गर्न भन्दै टिप्स दिएका छन् ।
उनले कोरोना महामारी बढ्दै गैरहेकोले अब कोरोना कहरकै बीच बाच्नु र जीवन चलाउनु अनिवार्य भएकोले घरबाट बाहिर निस्कँदा मास्क प्रयोग गर्ने, कम्तिमा दुई मिटरको दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने काम गर्नुपर्ने सुझाएका छन् ।
कोरोना महामारी बढदै छ।कोरोना कहरकै बिच बाँच्नु/जीवन चलाउनु अनिवार्य भएको छ
विज्ञहरूका थरीथरीका व्याख्या सुनेपछि मेरो निष्कर्ष:
-घरबाहिर निस्कदा मास्क प्रयोग गरौँ
-कम्तिमा २मिटरको दूरी कायम गरौँ
-बेलाबेला साबुन पानीले हात धुऔं
यति ३काम अनिवार्य गर्यौं भने कोरोनाबाट जोगिन सकिन्छ— Kamal Thapa (@KTnepal) September 14, 2020
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो सुझाव दिएका छन्-“कोरोना महामारी बढदै छ।कोरोना कहरकै बिच बाँच्नु/जीवन चलाउनु अनिवार्य भएको छ विज्ञहरूका थरीथरीका व्याख्या सुनेपछि मेरो निष्कर्ष: -घरबाहिर निस्कदा मास्क प्रयोग गरौँ -कम्तिमा २ मिटरको दूरी कायम गरौँ -बेलाबेला साबुन पानीले हात धुऔं यति ३काम अनिवार्य गर्यौं भने कोरोनाबाट जोगिन सकिन्छ ।”
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७