काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यदि २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा व्यावस्थापना गर्न गाह्र्रो हुने हुँदा लकडाउन गर्न सिफारिस गरिने बताए । उनले आजको दिनमा देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७