चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका – ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो। सोहि स्थानमा बुधबार दिउँसो ४स्३० बजे पहिरो खसेको थियो। पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो।
यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ। साँझ पहिरो खसेसँगै अवरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो। केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ। रासस
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७