काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भटवार्ता जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनको विषयमा कुराकानी भैरहेको छ । हिजोपनि अध्यक्षद्धयबीच यस विषयमा छलफल तथा परामर्श भएको थियो ।
नेकपाले जतिसक्दो चाँडो मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेको छ । सचिवालय बैठकमा नै यो विषयमा छलफल भएको थियो ।
मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड बनाउनेदेखि पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सचिवालयले अध्यक्षद्धयलाई जिम्मेवारी दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७