बिरगंज – नेपाल प्रहरी संगठनको प्रतिष्ठा तथा नीति निर्देशनको धज्जी उडाउने प्रहरी नायब निरीक्षक सुमन सिंहलाई इलाका प्रहरी कार्यालय सुगौलीको प्रमुखको जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी कार्यालयमा करीब ५ बर्षदेखि कार्यरत रहेका प्रहरी नायब निरीक्षक सिंह आफ्नै संगठनको नीति निर्देशनको खिल्ली उडाएको र आफ्नै संगठनलाई बदनाम गर्ने गरेको आरोप लागेको थियो ।
प्रहरी नायब निरीक्षक सुमन सिंह, जिल्ला मातहात रहेका प्रहरी चौकी इनर्वामा कार्यरत हुदा नामूद तस्कर संगठनहरूसंग रकम असुल गर्ने गरेको विभिन्न मिडिया मार्फत उजागर भएको थियो । सन्चार माध्यममा घुसखोरी बिषयमा पर्दाफास हुनसाथ इलाका प्रहरी कार्यालय ठोरीमा लखेटिएका प्रहरी नायब निरीक्षक पुन: ८ महिना पश्चात् जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलिमा आउन सफल भएका थिए । तर क्राइम टोलिमा कार्यरत हुदा केही बिचौलियाको इशारामा संगठन भित्र हुँदै नभएको कुरा बिचौलिया मार्फत बदनाम गराएको आरोपमा बिहान ३ बजेसम्म थुनिएको प्रहरी श्रोतले जनाएको छ ।
बिचौलियासंग बसेर मादक पदार्थ सेवन गरेर आफ्नो संगठन भित्रको कुरा बाहिर लगेको कुराको साथै तस्करहरूसंग साँठगाँठ रहेको आरोपमा उनी जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल शाखामा बिहान ३ बजेसम्म थुनिएका थिए ।
तर यिनै संगठनको नीति निर्देशन विपरित कार्य गर्ने प्रहरी नायब निरीक्षक सुमन सिंहलाई इलाका प्रहरी कार्यालय सुगौलीको जिम्मेवारी दिइएको छ । प्रदेश प्रहरीमा आफ्नो पावर रहेको बताउने गरेका र बिचौलियाको सहयोगले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको जिम्मेवारी पाएको चर्चा-परिचर्चाको बिषय बनेको छ ।
यता इलाका प्रहरी कार्यालय सुगौलीको जिम्मेवारी पाउनसाथ प्रहरी नायब निरीक्षक सुमन सिंह भैंसी र मदिरा तस्करहरूसंग मासिक रकम अशुलेको जानकारी श्रोतले दिएको छ । तस्कर संगठनसंग मासिक २० हजारदेखि ५० हजारसम्म बुझ्ने गरेको बताइन्छ ।
प्रहरी नायब निरीक्षक सिंह जहाँ गएपनी बैध रकम असुल गर्ने कार्य मुख्य प्राथमिकतामा राख्ने गरेको श्रोत बताउछ । कारवाही गर्नु पर्ने व्यक्तिलाई थप जिम्मेवारी दिएको विषय चर्चामा रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७