काठमाडौं – सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् । बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे ।
प्रधानमन्त्री ओलीले दाहाललाई भनेका थिए, ‘सकेको गर्नुस् । म अहिले बैठक बोलाउँदिन ।’ बैठकको आवश्यकता नै छैन । तपाईंले आफ्नो गर्नुस्, म आफ्नो गर्छु । दाहालले प्रस्ताव राखे, ‘सचिवालयका सदस्यहरुलाई पार्टी कार्यालय धुम्बाराही बोलाएर यहाँ भएका छलफल जस्ताको त्यस्तै ब्रिफिङ गर्छु । उहाँहरुको सुझावसमेत बोकेर फेरि म भेट्न आउँछु ।’
प्रत्युत्तरमा ओलीले भने, ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३