काठमाडौं, मंंसिर १२ । कोभिड–१९ का कारण लामो समयदेखि रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा शुरू भएको छ । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघका पदाधिकारीमाझ बालुवाटारमा भर्चुअल माध्यमबाट साधारणसभाको उद्घाटन गरे ।
कोरोनाले थलिएको देशको अर्थतन्त्रलाई माथि उठाउन निजीक्षेत्रले दिएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले व्यापार, व्यवसाय र वाणिज्य क्षेत्रमा निजीक्षेत्रले पु¥याएको योगदान सराहनीय भएको बताए । कोभिडका कारण प्रक्षेपण गरिएको भन्दा कम आर्थिक वृद्धि भएकाले सरकार र निजीक्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि प्राप्त गर्न सकिने उनको भनाइ थियो । उनले सरकारले भन्दा निजीक्षेत्रले आर्थिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै निजीक्षेत्रको प्रवद्र्धनका लागि सरकार जहिल्यै गच्छेभन्दा एक कदम अघि बढेर सहयोग गर्न तयार हुने प्रतिबद्धता व्यक्त गरे ।
उद्योगसँगै कृषिक्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्न जरुरी रहेकोमा स्वदेशी उद्योगीले विदेशमा लगानी लिएर जानु राम्रो नभएको उनको भनाइ थियो । ‘देशभित्रै लगानी विस्तार गर्न औद्योगिक वातावरण बनाउन सरकारका तर्पmबाट केकस्ता सहयोग गर्नुपर्छ सरकार सधैं तयार छ,’ उनले भने ।
कार्यक्रममा कोभिडका कारण निजीक्षेत्र धराशयी भएकाले सरकारले तत्काल ‘कोभिड रिकभरी’ कार्यक्रम घोषणा गर्नुपर्ने माग महासंघका प्रतिनिधिले राखेका थिए ।
साधारणसभासँगै महासंघको नेतृत्व सम्हाल्ने तयारीमा रहेका महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेट र मौद्रिक नीतिले समेटेका विषय सकारात्मक भए पनि कोभिड प्रभावबाट छिटो तंग्रिन सरकारले ‘कोभिड रिकभरी’ विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३