काठमाडौँ – कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी एवं सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ ।
त्यो पनि संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दै ०६२/६३ को क्रान्तिका मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि धावा बोल्दै पुरातनवादीहरु चरणबद्ध प्रदर्शन गरिरहेका छन् ।
देशका मुख्य सहर धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगरका फरक–फरक ब्यानरमा प्रदर्शन गरेका छन् । उनीहरुको उद्देश्य भने एउटै देखिन्छ– गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता हटाएर हिन्दुराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने ।
संघीय राजधानी काठमाडौँमा पनि प्रदर्शन हुन थालेपछि उपत्यकाका तीनै जिल्ला प्रशासनले आन्दोलनकारीमाथि निगरानी बढाउने निर्णय गरेका छन् । यो समाचार आजको अन्नपूर्ण दैनिकमा नरेन्द्र साउद र खगेन्द्र भण्डारीले लेखेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३