शितल छहारी - कबिता
- अन्जना ताम्राकार

      शितल छहारी

पिपल रूखले झैं दिन्छ
शितल छहारी
नारी दया-माया र स्नेहको
प्रती मूर्ति तिमी
दबाई ईच्छा आकंक्षा
आफ्नो मनभरी
रमाउँछिन् परिवार कै हेरि
सन्तोष र खुशी

बस्छिन् सम्हाली घर
बिहानी र बेलुकी
चाहिँदैन तिमीलाई केही
भगवानसंग पनि
माग्द छौ परिवारकै
प्रगति र खुशी
तर छैन कठै मूल्याङ्कन
कतै पनि

आज पनि बेचिन्छ छोरी चेली
जनावर सरी
बस्छन् हिंसा गर्नेहरू
गिद्दे नजर गाडी
चलन छाउपढी अझै छ बाँकी
दोस्रो दर्जाको नागरिक सरी

महान पुरूषहरूको जननी तिमी
तिमीले स्याहार सुसार नगरे के हुन्थ्यो कुन्नि !
त्रिदेव पनि अधुरो बन्छ
बिना स्त्री शक्ति
किन भेदभाव यो २१ औ शताब्दीमा पनि
तसर्थ हामी नमन गर्छौ
समस्त नारी
तिम्रो योगदान प्रती

 

  • अन्जना ताम्राकार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार