पाल्पा – पाल्पामा थप एक जना कोरोना सङ्क्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वखोला–६, का ८७ वर्षीय पुरुषको पूर्वखोला हेक्लाङ्स्थित घरमै उपचारको क्रममा मृत्यु भएको हो ।
निमोनियाका बिरामी रहेका ती पुरुषको बिहीबार दिउँसाे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसअघि पाल्पा रिब्दीकोटका एक जना पुरुषको समेत होम आइसोलेसनमै मृत्यु भएको थियो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।
मङ्सिर २२ गते नेश्नल प्याथल्याब बुटवलमा स्वाब परीक्षण गर्दा ती पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पाल्पामा हालसम्म एक हजार ७०१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये एक हजार ४३० जना निको भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७