नेकपाभित्रको विवादमा अध्यक्ष ओली पक्ष भने गत भदौ २६ गते भएको निर्णय र सहमति कार्यान्वयनको पक्षमा छ भने दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह भने भदौ २६ गतेको निर्णय ओलीले नमानेकोले अब नयाँ निर्णय गर्नुपर्ने अडानमा छन् । दाहाल नेपाल समूह बहुमतबाट भएपनि निर्णय गरेर ओलीलाई दुईमध्ये एक पदबाट हटाउने तयारीमा जुटेका छन् । नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गतेलाई तय भएको छ ।