बोर्ड अध्यक्ष प्राडा चन्द्रमणि पौडेलका अनुसार परीक्षा सञ्चालन कसले गर्नेबारे छिटो टुंगो लगाउन मन्त्रालयमा पत्राचार गरेको दुई महिना बित्न लाग्दासमेत कुनै निर्णय आएको छैन। ‘एसइई परीक्षा सञ्चालनमा तथ्यांक संकलन, प्रश्नपत्र छपाइ, उत्तरपुस्तिका छपाइदेखि ढुवानीसम्मको प्रक्रियामा चार महिना लाग्छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘विगतमा साउनदेखि प्रक्रिया सुरु भएर मंसिरमा पूरा हुने गरेको थियो ।’ उनले थपे, ‘तथ्यांक अनुसारको उत्तरपुस्तिका छपाइको कार्य प्रदेशलाई दिनुपर्छ। खै कसरी गर्ने आजसम्म परीक्षा कसले र कहिले सञ्चालन गर्ने भन्ने कुनै टुंगो नै छैन ।’ स्थानीय सरकारले समेत एसइई परीक्षा सञ्चालन व्यवस्थापनबारे चासो दिएको छैन। आजको नागरिक दैनिकमा खवर छ ।