सप्तरी – सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार साँझ सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका एक जना सर्भेक्षक रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीसम्पर्क कार्यालयले कञ्चनरुप नगरपालिकाकामा रहेको नापी कार्यालयका सर्भेक्षक दिपेन्द्र यादवलाई पक्राउ गरेको हो । जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि यादवले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३