‘प्रतिनिधिसभा विघटनका लागि संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार सिफारिस गरिएको छ। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सिफारिस गरिएको छ। अनि त्यति पनि नपढी कुँदेका छन्,’ प्रधानमन्त्री ओलीले भने। संसद् विघटन भएपछि राष्ट्रपतिको मर्यादामाथि हमला भएको समेत उनले बताए। हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्र माथि हमला गरेको ओलीको आरोप थियो। ‘दरबार हत्याकाण्डपछि खोजेर ल्याएको नक्कली राजालाई दाम चढाएको होइन रु अहिले फेरि गणतन्त्रमाथि हमला?’ ओलीले भने।
उनले दाहाल र नेपाल पक्षले अदालतलाई धम्क्याएको आरोप लगाउँदै भने, ‘अदालतप्रति सम्मान छ तर हामीले भनेजसरी फैसला आएन भने सडकबाट संसद् पुनस्र्थापना गर्छौं। यो भनेको न्यायालयमाथि हमला होइन ?’
ओलीले हरेक प्रश्नको जबाफ दिन तयार भएको पनि बताए। उनले दाहाललाई चटकेको संज्ञा दिँदै नेता नेपाललाई झुक्याएको बताए। उनले नेपाललाई दाहालको कार्यकर्ता भएको पनि बताए। नागरिक दैनिकबाट