काठमाडौं – पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ।
पछिल्लो २४ घण्टामा ३८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार १२ जनामा पिसिआर परीक्षण गरिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७