काठमाडौं – नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो ।
यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ । सरकारद्वारा खोप वितरण, खोप लगाउने व्यक्तिलाई तालिम र खोप लगाइने व्यक्तिको छनोट जस्ता काम धमाधम भइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाउन सरकारले व्यापक तयारी गरेको छ । देशभरका १५० जना खोप अधिकृतलाई स्वास्थ्य सेवा विभागले तालिम दिइसकेको छ भने बाँकी खोप कार्यकर्तालाई पनि तालिम दिने तयारी गरिरहेको छ ।
आइतबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका खोप भण्डारणमा कोरोनाविरुद्धको खोप पठाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा झलक गौतमले कोरोना खोपको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खवर छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३