काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको दुई समूह नै शक्ति प्रदर्शनमा केन्द्रित भएका छन् । दैनिकजसो दुवै समूहले कुनै न कुनै कार्यक्रम राखेर शक्ति प्रदर्शन गर्दै आएका छन् ।
२३ माघमा केपी शर्मा ओली नेतृत्वको नेकपाले शक्ति प्रदर्शन गर्दैछ । त्यस अगावै भोलि ओली समूह निकट अनेरास्ववियूले १० हजार मोटरसाइकल काठमाडौं उपत्यकामा शक्ति प्रदर्शनका लागि उतार्दैछ । हजारौं मानिस उतार्न ठुलो खर्च हुँदैछ ।
यसैगरी, २८ माघमा नेकपाको दाहाल-नेपाल समूहले शक्ति प्रदर्शन गर्दैछ । ठुलो संख्यामा काठमाडौं बाहिरबाट मान्छे ल्याउन अभियान चलाइएको छ । विभिन्न जिल्लाहरुमा खर्चको समेत जोहो गरिदैछ । नेकपाको दाहाल-नेपाल समूहले प्रदेश २ मा चन्दा अभियान नै चलाएको छ । पार्टीको नाममा चन्दा रसिद बनाएर कुपन नै बनाइएको छ । जसमा नेताहरुको हस्ताक्षर नै छ ।
नेकपा विभाजित भई निर्वाचन आयोगमा विषय विचाराधीन हुँदा बैंक खातालगायत आर्थिक गतिविधिहरु रोकिएको छ । तर, प्रदेश २ लगायत विभिन्न क्षेत्रमा चन्दा नै उठाउने क्रम चलेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३